म यस्तै ठिक छैन र ? कहिलेकाही साथीहरुले रक्सीको बोतल हातमा थमाउँदै भन्छन , "पिइ यार एकबारको जुनी हो ट्राइ नि मार्दैनस? " अनि म भनिदिन्छु 'हैन यार म यतिकै ठिक छु ।' जब म इन्कार गर्छु अनि भन्छन् ,"के जिन्दगी जिउँछस यार तँ ? कहिले जिउँछस ,कहिले खुल्छस ?" साथी हो मलाई यस्तै जिन्दगी ठिक छ । म जस्तो छु आफूलाई त्यस्तै ठिक लाग्छ । त्यसो भन्दैमा तिमीहरु गलत छौ भन्न खोजेको चाहि हैन नि फेरी ।तिमीहरुको पनि आफ्नो रोजाइ हुन्छ , आफ्नो सोख हुन्छ, तिमीहरुको जिन्दगीमा तिमीहरुको जिउने तरिका । म तिमीहरुसँग तिमीहरुकै अवस्थामा जिईदिन सक्छु , बिना कुनै मदिरा सेवन पनि । कहिलेकाही आफ्नै नजिकका साथीहरु देख्छु , कतै पढेर पनि त्यस्तै कहानीहरु भेटाउँछु , महिनौँ पिच्छे , बर्षै साल फरक फरक सम्बन्धमा गाँसिएको । फरक फरक मान्छेसँग जोडिएको । अनि कहिलेकाही मलाई भन्नु हुन्छ केटा /केटी साथी दुबैले , "अहिले सम्म गर्ल्फ्रेन्ड बनाएको छैनस ?" जस्तै ,नबनाएर , नभएर , मैले कुनै ठुलै गल्ती गरेँ । अनि म भनिदिन्छु , 'समय आउला नि यात हरेक कुराको ।' मेरो कुरालाई सुने नसुने झैँ गरे...
तिमीले कहिल्यै सोचेको छौ एकदिन ऊ तिमीसँग बोलेन भने के हुन्छ भनेर ? तिमीले कहिल्यै सोचेको छौ एकदिन उसले चटक्कै छोडेर गयो भने के हुन्छ भनेर ? सोचको छौ कहिल्यै तिमीलाई रिसाउन मन नहुँदा नि उसले फकाउँछ भनेर रिसाइदिने तिमी उसले फकाउन छोडिदियो भने के हुन्छ भनेर ? उसले तिमी रुँदा रुन छोडिदियो भने ? हाँस्दा सँगै हाँस्न छोडिदियो भने ? हरेक दिन शब्दमा कोर्ने उसले तिमीलाई लेख्न छोडिदियो भने ? तिमीसँग कुनै गुनासो गर्न छोडिदियो भने ? सोचेको छौ उसले आफ्ना साना साना कुराहरु सुनाउन छोडिदियो भने ? तिमीले यस्तो कहिल्यै सोचेकै छैनौ , किन कि तिमीले जति नै ब्यवस्था गर्दा नि उसले वास्ता गर्न छोड्दैन भनेर नबोल्दा बोलाउन छोड्दैन भनेर , नहुँदा खोज्न छोड्दैन भनेर , रुँदा र हाँस्दा साथ दिन्छ भनेर ! तर नि सधैँ समय एक नै हुँदैन ,न ऊ न तिमी ! उसले प्रेम गर्न त नछोड्ला तर उसले गर्ने ब्यवहारमा परिवर्तन त पक्कै पाउने छौ भन्न त नभन्ला तर तिमीदेखी एकदिन पक्कै हार्ने छ उसले ! किन ? जहाँ आफूले लगाइएको एफोर्टको कदर हुँ...