म यस्तै ठिक छैन र ?
कहिलेकाही साथीहरुले रक्सीको बोतल हातमा थमाउँदै भन्छन ,
"पिइ यार एकबारको जुनी हो ट्राइ नि मार्दैनस? "
अनि म भनिदिन्छु 'हैन यार म यतिकै ठिक छु ।'
जब म इन्कार गर्छु अनि भन्छन् ,"के जिन्दगी जिउँछस यार तँ ? कहिले जिउँछस ,कहिले खुल्छस ?"
साथी हो मलाई यस्तै जिन्दगी ठिक छ । म जस्तो छु आफूलाई त्यस्तै ठिक लाग्छ ।
त्यसो भन्दैमा तिमीहरु गलत छौ भन्न खोजेको चाहि हैन नि फेरी ।तिमीहरुको पनि आफ्नो रोजाइ हुन्छ , आफ्नो सोख हुन्छ, तिमीहरुको जिन्दगीमा तिमीहरुको जिउने तरिका ।
म तिमीहरुसँग तिमीहरुकै अवस्थामा जिईदिन सक्छु , बिना कुनै मदिरा सेवन पनि ।
कहिलेकाही आफ्नै नजिकका साथीहरु देख्छु ,
कतै पढेर पनि त्यस्तै कहानीहरु भेटाउँछु ,
महिनौँ पिच्छे , बर्षै साल फरक फरक सम्बन्धमा गाँसिएको ।
फरक फरक मान्छेसँग जोडिएको ।
अनि कहिलेकाही मलाई भन्नु हुन्छ केटा /केटी साथी दुबैले ,
"अहिले सम्म गर्ल्फ्रेन्ड बनाएको छैनस ?"
जस्तै ,नबनाएर , नभएर , मैले कुनै ठुलै गल्ती गरेँ ।
अनि म भनिदिन्छु , 'समय आउला नि यात हरेक कुराको ।'
मेरो कुरालाई सुने नसुने झैँ गरेर थप्छन ," अहिले नबनाएको कहिले बनाउँछस , अहिले नजिएको जिन्दगी कहिले जिउँछस , अहिले नगरेको रमाइलो कहिले गर्छस ?"
रमाइलोको लागि मात्र जोडिँदैन नि सम्बन्ध होइन र ?
सम्बन्ध जोडिन त मन मिल्नु पर्ला , बुझ्नु पर्ला एक अर्कालाई ?
त्यसको पनि समय आउला?
यो कुराहरुमा पनि जबरजस्ती गरेर हुन्छ होला र ?
हुन पनि सक्छ तर त्यसले सायद क्षणिक खुसी मात्र देला
केही समयको लागि मात्र होला ,
देखेको छु धेरै हतारमा जोडिएका सम्बन्धहरु , हतारमै छुटेका पनि ।
सकेसम्म लाग्छ ,छुटिन नपरोस जोडिएपछि ,
क्षणिक नहोस खुसी अनि सम्बन्ध !
तर साथीहरु मैले तिमीहरु गलत छौ भनेको हैन नि
तिमीहरु पनि आफ्नो ठाउँमा सही होलाउ
त्यस्तैले खुसी देला तिमीहरुलाई ।
मलाई म जस्तो छु त्यस्तैले खुसी दिन्छ मलाई
❣️💙
Comments
Post a Comment