Skip to main content

म यस्तै ठिक छैन र ?

 म यस्तै ठिक छैन र ?  कहिलेकाही साथीहरुले रक्सीको बोतल हातमा थमाउँदै भन्छन ,  "पिइ यार एकबारको जुनी हो ट्राइ नि मार्दैनस? " अनि म भनिदिन्छु 'हैन यार म यतिकै ठिक छु ।' जब म इन्कार गर्छु अनि भन्छन् ,"के जिन्दगी जिउँछस यार तँ ? कहिले जिउँछस ,कहिले खुल्छस ?"  साथी हो मलाई यस्तै जिन्दगी ठिक छ । म जस्तो छु आफूलाई त्यस्तै ठिक लाग्छ । त्यसो भन्दैमा तिमीहरु गलत छौ भन्न खोजेको चाहि हैन नि फेरी ।तिमीहरुको पनि आफ्नो रोजाइ हुन्छ , आफ्नो सोख हुन्छ, तिमीहरुको जिन्दगीमा तिमीहरुको जिउने तरिका । म तिमीहरुसँग तिमीहरुकै अवस्थामा जिईदिन सक्छु , बिना कुनै मदिरा सेवन पनि । कहिलेकाही आफ्नै नजिकका साथीहरु देख्छु , कतै पढेर पनि त्यस्तै कहानीहरु भेटाउँछु ,  महिनौँ पिच्छे , बर्षै साल फरक फरक सम्बन्धमा गाँसिएको । फरक फरक मान्छेसँग  जोडिएको । अनि कहिलेकाही मलाई भन्नु हुन्छ केटा /केटी साथी दुबैले , "अहिले सम्म गर्ल्फ्रेन्ड बनाएको छैनस ?"  जस्तै ,नबनाएर , नभएर , मैले कुनै ठुलै गल्ती गरेँ ।  अनि म भनिदिन्छु , 'समय आउला नि यात हरेक कुराको ।'  मेरो कुरालाई सुने नसुने झैँ गरे...

उसँग का सपना

 "सम्झिन्नस अचेल उसलाई ?"

'अँह सम्झन्न ।'

"झुट नबोल के । तेरो जिब्रोले झुट बोलेपनि तेरा 

आँखाहरुले प्रष्ट बोलिरहेका छन,सम्झन्छस कि सम्झन्नस भन्ने।"

'सम्झेर के गर्नु , सम्झन्छु भनेर चाहि के गर्नु ? आफ्नो बाटो रोजेर  जानेलाई ?'

"कुराकानी हुन्न अचेल ? बोलाउँदैनस ? उसले बोलाउँदिन ?" 

' हुन्छ कहिलेकाही । उसैले बोलाउँछे । कुराकानी नि हुन्छ तर खै पहिलाजस्तो केही हुँदैन । त्यही सन्चो बिसन्चो , यस्तै । औपचारिकता जस्तै ।  म बिना नि कति धेरै खुसी देख्छु अनि मलाई चाहि बोलाउन मन लाग्दैन ।' 

" खै यार अचम्म लाग्छ तिमीहरु कसरी छुटियौ, तँ उसैको लागि अनि ऊ तेरै लागि  बने जस्तै लाग्थ्यो। " 

' हेहे... सोचेजस्तो कहाँ  हुन्छ र साथि सम्बन्ध । एउटाले आफ्नो पुरै दिँदा अर्कोले दिन नसक्ला , एकको कुरामा अर्को सहमत हुन  असक्ला, मनमा भएको कुरा पनि मन दुख्ला भनेर भन्न नसक्ला। 

हामी बाहिर देख जस्तो कहाँ थियौँ र झगडा सधैँको ,साना साना कुरामा घन्टौँ लामो बाझाबाझ ।

कहिलेकाही सबै सही भएर नि सही भइरहेको हुँदैन नि ।

सधैँ कहाँ झेल्न सकिने रहेछ र न त मैले न त उसले ।'

" कमेन्ट ,रियाक्ट देखिराख्छु त उसको मा पनि अनि तेरोमा उसको पनि।" 

'फेसबुकका कमेन्ट र रियाक्टमै सबै कुरा सही हुन्छ भन्ने हुँदैन नि यार। छोड यी कुरा तँ बुझ्दैनस् ।'

"अरु कोहि मन पर्न थाल्यो  र तँलाई ?" 

'नहँसा न यार ।

बोल्न छोडेको मात्र हो बिर्सिएको होइन , 

दर्शाउन छोडेको मात्र हो प्रेम गर्न छोडेको होइन,

भन्न छोडेको मात्र हो याद गर्न छोडेको होइन 

लुकाउन थालेको मात्र हो उसलाई सम्झेर रातहरु अनिद बिताउन छोडेको होइन । 

मन त पर्ला माया तलाग्ला  तर ऊ जसरी पर्दैन होला अरु। पहिलो प्रेम हो नि त ।

तँलाई नि कुनै दिन प्रेम होस अनि थाहा पाउने छस '

"सक्छस यसै गरी कटाउन , उबिना? के सोचेको छस त ? " 

' चाहाना त के के थियो के के । 

उसँग का सपना नि के के थिए के के । 

चहाँदैमा कहाँ पुरा हुँदो रहेछ र ? खुसी नै देख्छु खुसी नै रहोस ऊ सधैँ 

मलाई पनि त आउला नि कोहि मैले उसलाई चाहे जस्तै गरी चाहने ।

यो  दिन पनि कटि जाने छ । ' 

"सक्दिन यार म तँसँग ।" 

बोल्दा बोल्दै दुइ कप चिया सकिन्छ ।

ऊ उठेर बाइक स्टार्ट गर्छ र जान्छ ! 

मलाई फेरी बिगतले झस्काइदिन्छ 

😅❤️❤️❤️

Comments

Popular posts from this blog

तिमी र जिन्दगी

तिमीले कहिल्यै सोचेको छौ एकदिन ऊ तिमीसँग बोलेन भने के हुन्छ भनेर ?  तिमीले कहिल्यै सोचेको छौ एकदिन उसले चटक्कै छोडेर गयो भने के हुन्छ भनेर ?  सोचको छौ कहिल्यै तिमीलाई रिसाउन मन नहुँदा नि उसले फकाउँछ भनेर रिसाइदिने तिमी उसले फकाउन छोडिदियो भने के हुन्छ भनेर ?  उसले तिमी रुँदा रुन छोडिदियो भने ? हाँस्दा सँगै हाँस्न छोडिदियो भने  ?  हरेक दिन शब्दमा कोर्ने उसले तिमीलाई लेख्न छोडिदियो भने ?  तिमीसँग कुनै गुनासो गर्न छोडिदियो भने ?  सोचेको छौ उसले आफ्ना साना साना कुराहरु सुनाउन  छोडिदियो भने ?  तिमीले यस्तो कहिल्यै सोचेकै छैनौ , किन कि  तिमीले जति नै ब्यवस्था गर्दा नि उसले वास्ता गर्न छोड्दैन भनेर नबोल्दा बोलाउन छोड्दैन भनेर ,  नहुँदा खोज्न छोड्दैन भनेर ,  रुँदा र हाँस्दा साथ दिन्छ भनेर !  तर नि सधैँ समय एक नै हुँदैन ,न ऊ न तिमी !  उसले प्रेम गर्न त नछोड्ला तर उसले गर्ने ब्यवहारमा  परिवर्तन त पक्कै पाउने छौ  भन्न त नभन्ला तर तिमीदेखी एकदिन पक्कै हार्ने छ उसले  !  किन ? जहाँ आफूले लगाइएको एफोर्टको कदर हुँ...