Skip to main content

म यस्तै ठिक छैन र ?

 म यस्तै ठिक छैन र ?  कहिलेकाही साथीहरुले रक्सीको बोतल हातमा थमाउँदै भन्छन ,  "पिइ यार एकबारको जुनी हो ट्राइ नि मार्दैनस? " अनि म भनिदिन्छु 'हैन यार म यतिकै ठिक छु ।' जब म इन्कार गर्छु अनि भन्छन् ,"के जिन्दगी जिउँछस यार तँ ? कहिले जिउँछस ,कहिले खुल्छस ?"  साथी हो मलाई यस्तै जिन्दगी ठिक छ । म जस्तो छु आफूलाई त्यस्तै ठिक लाग्छ । त्यसो भन्दैमा तिमीहरु गलत छौ भन्न खोजेको चाहि हैन नि फेरी ।तिमीहरुको पनि आफ्नो रोजाइ हुन्छ , आफ्नो सोख हुन्छ, तिमीहरुको जिन्दगीमा तिमीहरुको जिउने तरिका । म तिमीहरुसँग तिमीहरुकै अवस्थामा जिईदिन सक्छु , बिना कुनै मदिरा सेवन पनि । कहिलेकाही आफ्नै नजिकका साथीहरु देख्छु , कतै पढेर पनि त्यस्तै कहानीहरु भेटाउँछु ,  महिनौँ पिच्छे , बर्षै साल फरक फरक सम्बन्धमा गाँसिएको । फरक फरक मान्छेसँग  जोडिएको । अनि कहिलेकाही मलाई भन्नु हुन्छ केटा /केटी साथी दुबैले , "अहिले सम्म गर्ल्फ्रेन्ड बनाएको छैनस ?"  जस्तै ,नबनाएर , नभएर , मैले कुनै ठुलै गल्ती गरेँ ।  अनि म भनिदिन्छु , 'समय आउला नि यात हरेक कुराको ।'  मेरो कुरालाई सुने नसुने झैँ गरे...

तिमी र जिन्दगी

तिमीले कहिल्यै सोचेको छौ एकदिन ऊ तिमीसँग बोलेन भने के हुन्छ भनेर ? 

तिमीले कहिल्यै सोचेको छौ एकदिन उसले चटक्कै छोडेर गयो भने के हुन्छ भनेर ? 

सोचको छौ कहिल्यै तिमीलाई रिसाउन मन नहुँदा नि उसले फकाउँछ भनेर रिसाइदिने तिमी उसले फकाउन छोडिदियो भने के हुन्छ भनेर ? 

उसले तिमी रुँदा रुन छोडिदियो भने ?

हाँस्दा सँगै हाँस्न छोडिदियो भने  ? 

हरेक दिन शब्दमा कोर्ने उसले तिमीलाई लेख्न छोडिदियो भने ? 

तिमीसँग कुनै गुनासो गर्न छोडिदियो भने ? 

सोचेको छौ उसले आफ्ना साना साना कुराहरु सुनाउन  छोडिदियो भने ? 

तिमीले यस्तो कहिल्यै सोचेकै छैनौ , किन कि 

तिमीले जति नै ब्यवस्था गर्दा नि उसले वास्ता गर्न छोड्दैन भनेर

नबोल्दा बोलाउन छोड्दैन भनेर , 

नहुँदा खोज्न छोड्दैन भनेर , 

रुँदा र हाँस्दा साथ दिन्छ भनेर ! 

तर नि सधैँ समय एक नै हुँदैन ,न ऊ न तिमी ! 

उसले प्रेम गर्न त नछोड्ला तर उसले गर्ने ब्यवहारमा 

परिवर्तन त पक्कै पाउने छौ 

भन्न त नभन्ला तर तिमीदेखी एकदिन पक्कै हार्ने छ उसले  ! 

किन ?

जहाँ आफूले लगाइएको एफोर्टको कदर हुँदन 

सम्मान्न हुँदैन आफ्नो प्रयासको 

अनि न हो मन मर्दै जाने ! 

हरेक त्यस्ता मान्छेहरु एकपटक आउँछन जिन्दगीमा   !

❤️❤️❤️

Comments

Popular posts from this blog

उसँग का सपना

 "सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न ।' "झुट नबोल के । तेरो जिब्रोले झुट बोलेपनि तेरा  आँखाहरुले प्रष्ट बोलिरहेका छन,सम्झन्छस कि सम्झन्नस भन्ने।" 'सम्झेर के गर्नु , सम्झन्छु भनेर चाहि के गर्नु ? आफ्नो बाटो रोजेर  जानेलाई ?' "कुराकानी हुन्न अचेल ? बोलाउँदैनस ? उसले बोलाउँदिन ?"  ' हुन्छ कहिलेकाही । उसैले बोलाउँछे । कुराकानी नि हुन्छ तर खै पहिलाजस्तो केही हुँदैन । त्यही सन्चो बिसन्चो , यस्तै । औपचारिकता जस्तै ।  म बिना नि कति धेरै खुसी देख्छु अनि मलाई चाहि बोलाउन मन लाग्दैन ।'  " खै यार अचम्म लाग्छ तिमीहरु कसरी छुटियौ, तँ उसैको लागि अनि ऊ तेरै लागि  बने जस्तै लाग्थ्यो। "  ' हेहे... सोचेजस्तो कहाँ  हुन्छ र साथि सम्बन्ध । एउटाले आफ्नो पुरै दिँदा अर्कोले दिन नसक्ला , एकको कुरामा अर्को सहमत हुन  असक्ला, मनमा भएको कुरा पनि मन दुख्ला भनेर भन्न नसक्ला।  हामी बाहिर देख जस्तो कहाँ थियौँ र झगडा सधैँको ,साना साना कुरामा घन्टौँ लामो बाझाबाझ । कहिलेकाही सबै सही भएर नि सही भइरहेको हुँदैन नि । सधैँ कहाँ झेल्न सकिने रहेछ र न त मैले न ...