Skip to main content

म यस्तै ठिक छैन र ?

 म यस्तै ठिक छैन र ?  कहिलेकाही साथीहरुले रक्सीको बोतल हातमा थमाउँदै भन्छन ,  "पिइ यार एकबारको जुनी हो ट्राइ नि मार्दैनस? " अनि म भनिदिन्छु 'हैन यार म यतिकै ठिक छु ।' जब म इन्कार गर्छु अनि भन्छन् ,"के जिन्दगी जिउँछस यार तँ ? कहिले जिउँछस ,कहिले खुल्छस ?"  साथी हो मलाई यस्तै जिन्दगी ठिक छ । म जस्तो छु आफूलाई त्यस्तै ठिक लाग्छ । त्यसो भन्दैमा तिमीहरु गलत छौ भन्न खोजेको चाहि हैन नि फेरी ।तिमीहरुको पनि आफ्नो रोजाइ हुन्छ , आफ्नो सोख हुन्छ, तिमीहरुको जिन्दगीमा तिमीहरुको जिउने तरिका । म तिमीहरुसँग तिमीहरुकै अवस्थामा जिईदिन सक्छु , बिना कुनै मदिरा सेवन पनि । कहिलेकाही आफ्नै नजिकका साथीहरु देख्छु , कतै पढेर पनि त्यस्तै कहानीहरु भेटाउँछु ,  महिनौँ पिच्छे , बर्षै साल फरक फरक सम्बन्धमा गाँसिएको । फरक फरक मान्छेसँग  जोडिएको । अनि कहिलेकाही मलाई भन्नु हुन्छ केटा /केटी साथी दुबैले , "अहिले सम्म गर्ल्फ्रेन्ड बनाएको छैनस ?"  जस्तै ,नबनाएर , नभएर , मैले कुनै ठुलै गल्ती गरेँ ।  अनि म भनिदिन्छु , 'समय आउला नि यात हरेक कुराको ।'  मेरो कुरालाई सुने नसुने झैँ गरे...

गुड मर्निङ मेरो प्यारो बूढो

बिहानको सात नबज्दै उनको फोन आउथ्यो सधैं। म निन्द्रामा नै उनको फोन उठाउँथे। उता बाट उनको आवाज आउथ्यो "गुड मर्निङ मेरो प्यारो बूढो, उठ्ने बेला भएन?"

म आधा निन्द्रामा नै अल्छे श्वरले जवाफ दिन्थे " गुड मर्निङ बुढि, यति राती नै उठ्दिन म त जाडोमा।"

उनी अलिक कडा श्वरमा भन्थिन "राती नै अरे ? घाम लागि सके बाहिर, म त चिया पिउंदै छु।"

म प्रेमिल श्वर बनाउदै भन्ने गर्थेँ "एक्लै पिएको ? मलाइ खै त ?"

उनी चिया पिएको "सुरुप्प"आवाज निकाल्दै भन्थिन "इ लिनुस।"

म पनि साँच्चिकै चिया पिएको झैँ आवाज निकाल्दै भन्ने गर्थेँ  "मीठो, मेरि प्यारीको जुठो चिया।"

उनी खुशी हुँदै भन्थिन " पछि एउटै कपमा पिउँला है बुढाबुढी ?"

म मुस्कुराउदै जवाफ दिन्थेँ "हवस हजुर।"

उनी खुशी हुंदै मायालु श्वरमा आग्रह गर्दै भन्थिन "अब चाहिँ उठ्नु त बुढा, धेरै अल्छे नहुनु।"

उनी संग कुरा गर्दा गर्दै मेरो पनि निन्द्रा लगभग हटि सकेको हुन्थ्यो तर पनि म लाडे श्वर बनाउँदै भन्थे " एक पटक माया गर अनि मात्र उठ्छु।"

उता बाट आवाज आउथ्यो "उम्मा…"

हो! यसरी नै मेरा हरेक दिनको सुरुवात हुने गर्थ्यो। लाग्थ्यो मलाइ ब्युंझाउने अनि उठाउने जिम्मा उनैले लिएकी छिन।

आज, समयको लामो अन्तराल पछि पनि उनले मलाइ उठाउन  भने छोडेकी छैनन । तर अचेल उनी, सपना बनेर आउँछिन अनि मध्यरात मै ब्युँझाइ दिन्छिन  फेरि निदाउन नसक्ने गरि । 

Comments

Popular posts from this blog

तिमी र जिन्दगी

तिमीले कहिल्यै सोचेको छौ एकदिन ऊ तिमीसँग बोलेन भने के हुन्छ भनेर ?  तिमीले कहिल्यै सोचेको छौ एकदिन उसले चटक्कै छोडेर गयो भने के हुन्छ भनेर ?  सोचको छौ कहिल्यै तिमीलाई रिसाउन मन नहुँदा नि उसले फकाउँछ भनेर रिसाइदिने तिमी उसले फकाउन छोडिदियो भने के हुन्छ भनेर ?  उसले तिमी रुँदा रुन छोडिदियो भने ? हाँस्दा सँगै हाँस्न छोडिदियो भने  ?  हरेक दिन शब्दमा कोर्ने उसले तिमीलाई लेख्न छोडिदियो भने ?  तिमीसँग कुनै गुनासो गर्न छोडिदियो भने ?  सोचेको छौ उसले आफ्ना साना साना कुराहरु सुनाउन  छोडिदियो भने ?  तिमीले यस्तो कहिल्यै सोचेकै छैनौ , किन कि  तिमीले जति नै ब्यवस्था गर्दा नि उसले वास्ता गर्न छोड्दैन भनेर नबोल्दा बोलाउन छोड्दैन भनेर ,  नहुँदा खोज्न छोड्दैन भनेर ,  रुँदा र हाँस्दा साथ दिन्छ भनेर !  तर नि सधैँ समय एक नै हुँदैन ,न ऊ न तिमी !  उसले प्रेम गर्न त नछोड्ला तर उसले गर्ने ब्यवहारमा  परिवर्तन त पक्कै पाउने छौ  भन्न त नभन्ला तर तिमीदेखी एकदिन पक्कै हार्ने छ उसले  !  किन ? जहाँ आफूले लगाइएको एफोर्टको कदर हुँ...

उसँग का सपना

 "सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न ।' "झुट नबोल के । तेरो जिब्रोले झुट बोलेपनि तेरा  आँखाहरुले प्रष्ट बोलिरहेका छन,सम्झन्छस कि सम्झन्नस भन्ने।" 'सम्झेर के गर्नु , सम्झन्छु भनेर चाहि के गर्नु ? आफ्नो बाटो रोजेर  जानेलाई ?' "कुराकानी हुन्न अचेल ? बोलाउँदैनस ? उसले बोलाउँदिन ?"  ' हुन्छ कहिलेकाही । उसैले बोलाउँछे । कुराकानी नि हुन्छ तर खै पहिलाजस्तो केही हुँदैन । त्यही सन्चो बिसन्चो , यस्तै । औपचारिकता जस्तै ।  म बिना नि कति धेरै खुसी देख्छु अनि मलाई चाहि बोलाउन मन लाग्दैन ।'  " खै यार अचम्म लाग्छ तिमीहरु कसरी छुटियौ, तँ उसैको लागि अनि ऊ तेरै लागि  बने जस्तै लाग्थ्यो। "  ' हेहे... सोचेजस्तो कहाँ  हुन्छ र साथि सम्बन्ध । एउटाले आफ्नो पुरै दिँदा अर्कोले दिन नसक्ला , एकको कुरामा अर्को सहमत हुन  असक्ला, मनमा भएको कुरा पनि मन दुख्ला भनेर भन्न नसक्ला।  हामी बाहिर देख जस्तो कहाँ थियौँ र झगडा सधैँको ,साना साना कुरामा घन्टौँ लामो बाझाबाझ । कहिलेकाही सबै सही भएर नि सही भइरहेको हुँदैन नि । सधैँ कहाँ झेल्न सकिने रहेछ र न त मैले न ...