बिहानको सात नबज्दै उनको फोन आउथ्यो सधैं। म निन्द्रामा नै उनको फोन उठाउँथे। उता बाट उनको आवाज आउथ्यो "गुड मर्निङ मेरो प्यारो बूढो, उठ्ने बेला भएन?"
म आधा निन्द्रामा नै अल्छे श्वरले जवाफ दिन्थे " गुड मर्निङ बुढि, यति राती नै उठ्दिन म त जाडोमा।"
उनी अलिक कडा श्वरमा भन्थिन "राती नै अरे ? घाम लागि सके बाहिर, म त चिया पिउंदै छु।"
म प्रेमिल श्वर बनाउदै भन्ने गर्थेँ "एक्लै पिएको ? मलाइ खै त ?"
उनी चिया पिएको "सुरुप्प"आवाज निकाल्दै भन्थिन "इ लिनुस।"
म पनि साँच्चिकै चिया पिएको झैँ आवाज निकाल्दै भन्ने गर्थेँ "मीठो, मेरि प्यारीको जुठो चिया।"
उनी खुशी हुँदै भन्थिन " पछि एउटै कपमा पिउँला है बुढाबुढी ?"
म मुस्कुराउदै जवाफ दिन्थेँ "हवस हजुर।"
उनी खुशी हुंदै मायालु श्वरमा आग्रह गर्दै भन्थिन "अब चाहिँ उठ्नु त बुढा, धेरै अल्छे नहुनु।"
उनी संग कुरा गर्दा गर्दै मेरो पनि निन्द्रा लगभग हटि सकेको हुन्थ्यो तर पनि म लाडे श्वर बनाउँदै भन्थे " एक पटक माया गर अनि मात्र उठ्छु।"
उता बाट आवाज आउथ्यो "उम्मा…"
हो! यसरी नै मेरा हरेक दिनको सुरुवात हुने गर्थ्यो। लाग्थ्यो मलाइ ब्युंझाउने अनि उठाउने जिम्मा उनैले लिएकी छिन।
आज, समयको लामो अन्तराल पछि पनि उनले मलाइ उठाउन भने छोडेकी छैनन । तर अचेल उनी, सपना बनेर आउँछिन अनि मध्यरात मै ब्युँझाइ दिन्छिन फेरि निदाउन नसक्ने गरि ।

Comments
Post a Comment