Skip to main content

म यस्तै ठिक छैन र ?

 म यस्तै ठिक छैन र ?  कहिलेकाही साथीहरुले रक्सीको बोतल हातमा थमाउँदै भन्छन ,  "पिइ यार एकबारको जुनी हो ट्राइ नि मार्दैनस? " अनि म भनिदिन्छु 'हैन यार म यतिकै ठिक छु ।' जब म इन्कार गर्छु अनि भन्छन् ,"के जिन्दगी जिउँछस यार तँ ? कहिले जिउँछस ,कहिले खुल्छस ?"  साथी हो मलाई यस्तै जिन्दगी ठिक छ । म जस्तो छु आफूलाई त्यस्तै ठिक लाग्छ । त्यसो भन्दैमा तिमीहरु गलत छौ भन्न खोजेको चाहि हैन नि फेरी ।तिमीहरुको पनि आफ्नो रोजाइ हुन्छ , आफ्नो सोख हुन्छ, तिमीहरुको जिन्दगीमा तिमीहरुको जिउने तरिका । म तिमीहरुसँग तिमीहरुकै अवस्थामा जिईदिन सक्छु , बिना कुनै मदिरा सेवन पनि । कहिलेकाही आफ्नै नजिकका साथीहरु देख्छु , कतै पढेर पनि त्यस्तै कहानीहरु भेटाउँछु ,  महिनौँ पिच्छे , बर्षै साल फरक फरक सम्बन्धमा गाँसिएको । फरक फरक मान्छेसँग  जोडिएको । अनि कहिलेकाही मलाई भन्नु हुन्छ केटा /केटी साथी दुबैले , "अहिले सम्म गर्ल्फ्रेन्ड बनाएको छैनस ?"  जस्तै ,नबनाएर , नभएर , मैले कुनै ठुलै गल्ती गरेँ ।  अनि म भनिदिन्छु , 'समय आउला नि यात हरेक कुराको ।'  मेरो कुरालाई सुने नसुने झैँ गरे...

अस्ट्रेलियाले लुटेको नेपाली संस्कारको एक पाटो

देखेको प्रत्यक्ष सुनेको धेरै घटनाहरुले गर्दा केही ब्यक्तिगत बिचार लेख्न मन लाग्यो । सबै सहमत नहुन पनि सक्नु हुन्छ है ।

थाहा छैन साँच्चै के छ यो ठाउँमा , बुझेको छैन !

कतिको जिन्दगी बदलेको देखेको छु , कति आफू 

सेटल्ड भएको देखेको छु , धेरै राम्रा कुराहरु पनि देखेको छु !

राम्रा कुराहरु पनि छन धेरै 

खैर यो राम्रा कुराहरुको अरु कुनै दिन लेखौँला ।

यहाँ यसो गर उसो गर , भन्ने कोही हुँदैन ,

जति , जहाँ गए पनि भो जे गरे पनि भो , 

बिहान गएर बेलुका नफर्किए पनि भयो अनि आधा रातमा फर्किए पनि भयो 

जहाँ बसे पनि भयो , जोसँग बसे पनि भयो ।

रात्री क्लब हरु अबेर सम्म खुल्छन , क्यासिनो हरु 

ठाउँ ठाउँमा भेटिन्छन , अनि त्यस्ता मा प्राय नेपाली दाजुभाई दिदि बहिनीहरु भेटिन्छन अरे । 

म गएको छैन , जानेहरुबाट , देख्नेहरुबाट सुनेको ।

आफ्नो जिन्दगी बुझेका हरु , आफ्नो परिवार बुझेका हरु ,

आफ्नो सपना बुझेकाहरु ,बाट त त्यस्ता कुराहरु हुँदैन ।

ब्यक्तिमा पनि निर्भर हुन्र कुरा हुन मैल्र तल भन्न खोजेका कुराहरु ,

तर यसो भन्दा फरक नपर्ला कि अस्ट्रेलिया सम्बन्ध छुटाउने अनि , डिभोर्स गराउने थलो पनि हो ।

दुई बर्षको बसाइमा आफैले देखेको छु धेरै बिवाह भएर छुटेका जोडीहरु , 

खै के छ यो अस्ट्रेलियामा त्यस्तो म जान्दिन ।

आफ्नै काममा ब्यस्त हुनेहरु छन धेरै छन 

अनि अलि कमाउँदैमा , अलि आत्मनिर्भर हुँदैमा 

सम्बन्ध बिर्सनेहरु त गल्ली गल्लीमा भेटिन्छन यहाँ , 

पिउने र जिउनेको सिद्धान्त मात्र देख्छु मैले धेरैमा यहाँ । 

न कदर छ केही कुराको न त वास्ता नै छ केही सम्बन्धको ।

म फेरी पनि भन्छु सबैको होइन है यो घटना 

तर धेरैको हो यो ,

आत्मनिर्भर बन्नु राम्रो हो धेरै राम्रो तर 

यो हुँदैमा सम्बन्धको अलिकति पनि महत्व नदिनु राम्रो होइन होला नि ,?

तपाईंका छोराछोरी , दिदिबहिनी , भाइदाइ , साथीहरु ,श्रीमती , प्रेमिका ,प्रेमी

यो शहरमा हुनुहुन्छन भने 

उहाँ हरुको जिन्दगी , जिउने तरिका ,  अनि ब्यवहारमा 

केही परिवर्तन भएको छ भने एकपटक 

कसरी चल्दै छ उहाँ हरुको जिन्दगी बुझ्ने गर्नु होला 🤗

Comments

Popular posts from this blog

तिमी र जिन्दगी

तिमीले कहिल्यै सोचेको छौ एकदिन ऊ तिमीसँग बोलेन भने के हुन्छ भनेर ?  तिमीले कहिल्यै सोचेको छौ एकदिन उसले चटक्कै छोडेर गयो भने के हुन्छ भनेर ?  सोचको छौ कहिल्यै तिमीलाई रिसाउन मन नहुँदा नि उसले फकाउँछ भनेर रिसाइदिने तिमी उसले फकाउन छोडिदियो भने के हुन्छ भनेर ?  उसले तिमी रुँदा रुन छोडिदियो भने ? हाँस्दा सँगै हाँस्न छोडिदियो भने  ?  हरेक दिन शब्दमा कोर्ने उसले तिमीलाई लेख्न छोडिदियो भने ?  तिमीसँग कुनै गुनासो गर्न छोडिदियो भने ?  सोचेको छौ उसले आफ्ना साना साना कुराहरु सुनाउन  छोडिदियो भने ?  तिमीले यस्तो कहिल्यै सोचेकै छैनौ , किन कि  तिमीले जति नै ब्यवस्था गर्दा नि उसले वास्ता गर्न छोड्दैन भनेर नबोल्दा बोलाउन छोड्दैन भनेर ,  नहुँदा खोज्न छोड्दैन भनेर ,  रुँदा र हाँस्दा साथ दिन्छ भनेर !  तर नि सधैँ समय एक नै हुँदैन ,न ऊ न तिमी !  उसले प्रेम गर्न त नछोड्ला तर उसले गर्ने ब्यवहारमा  परिवर्तन त पक्कै पाउने छौ  भन्न त नभन्ला तर तिमीदेखी एकदिन पक्कै हार्ने छ उसले  !  किन ? जहाँ आफूले लगाइएको एफोर्टको कदर हुँ...

उसँग का सपना

 "सम्झिन्नस अचेल उसलाई ?" 'अँह सम्झन्न ।' "झुट नबोल के । तेरो जिब्रोले झुट बोलेपनि तेरा  आँखाहरुले प्रष्ट बोलिरहेका छन,सम्झन्छस कि सम्झन्नस भन्ने।" 'सम्झेर के गर्नु , सम्झन्छु भनेर चाहि के गर्नु ? आफ्नो बाटो रोजेर  जानेलाई ?' "कुराकानी हुन्न अचेल ? बोलाउँदैनस ? उसले बोलाउँदिन ?"  ' हुन्छ कहिलेकाही । उसैले बोलाउँछे । कुराकानी नि हुन्छ तर खै पहिलाजस्तो केही हुँदैन । त्यही सन्चो बिसन्चो , यस्तै । औपचारिकता जस्तै ।  म बिना नि कति धेरै खुसी देख्छु अनि मलाई चाहि बोलाउन मन लाग्दैन ।'  " खै यार अचम्म लाग्छ तिमीहरु कसरी छुटियौ, तँ उसैको लागि अनि ऊ तेरै लागि  बने जस्तै लाग्थ्यो। "  ' हेहे... सोचेजस्तो कहाँ  हुन्छ र साथि सम्बन्ध । एउटाले आफ्नो पुरै दिँदा अर्कोले दिन नसक्ला , एकको कुरामा अर्को सहमत हुन  असक्ला, मनमा भएको कुरा पनि मन दुख्ला भनेर भन्न नसक्ला।  हामी बाहिर देख जस्तो कहाँ थियौँ र झगडा सधैँको ,साना साना कुरामा घन्टौँ लामो बाझाबाझ । कहिलेकाही सबै सही भएर नि सही भइरहेको हुँदैन नि । सधैँ कहाँ झेल्न सकिने रहेछ र न त मैले न ...