डाक्टरले १० बर्ष अघि नै…
आमा तपाईं अब काम गर्न सक्नु हुन्न आराम गरेर बस्नुस बनेका थिए,
म आराम गर्दै बस्या भए अहिले मरि सक्थ्ये होला,
रोग लाग्या छ, कमजोरी बढ्या छ, उमेर पनि ७१ वर्ष भए म, सात साल कि, काम नगरी बस्या भए येत्रो साल कहाँ बाच्थ्ये र , म सगै हुर्केका चिनजानका सबै अघि लागि सके,
बिहान ५ बजे उठेर आउँछ म यहाँ ,
कहिले जाडोले सताउछ, कहिले झरी ले,यी झरी बादल त केही हैन्न, नगरपालिका हो सबै भन्दा धेरै सताउने तर के गर्नु अब सहनै पर्यो !
यहीँ काम गरेर आफ्ना लागि आफै औसधि किन्ने गर्छु,
हात हरु काम्न थाली सके , कप मा चिया राखेर दिदाँ छछल्किन्छ,
कस्ले के खायो बिर्सिन्छु, कहिले बढी पैसा भन्दिन्छु कहिले कम भन्दिन्छु, सबैले बुझेर दिन्छन,
कोहि खाएर जान्छन पनि होला आफुलाई याद नै हुन्न,
के के खाएको तिम्ले ? भन्दै मलाई सोध्नु भयो,
" चिया मात्र हो खाएको "
दुनोट पनि खाएको हो र ?
" हैन नि दुनोट चै खाईन "
त्या पाजेट खुल्लै रैछ, कस्के खाएछ त ?
चिया खाएउ अनि ?
" बल्ल चिया सके, यी यो कप कता राख्ने हो ?"
उ त्या बोरा मा लगेर राख्देउ न बाबू
मैले फोहोर फाल्ने बोरा मा कप लगेर राखी दिए
अनि सोधे आमा लाउनु पैसा ,
आमा ले फेरि प्रश्न गर्नु भयो
" के के खाएको बाबु ? "
मैले चिया मात्र खाएको हो,
त्यही भएर २० रुपैयाँ दिदै छु आमालाई फिर्ता गर्न गाह्रो होला भनेर ,
" हैन कालो चियाको १५ मात्र हो "
५ रुपैयाँ येता उता होला हराएरै जाला
ठुला ठुला रेस्टुरेन्ट तिर गएउ भने कहिले ५०० या १००० नै बेक्कार खर्च हुन्छ,
यहाँ थोरै नै भए पनि
५ रुपैयाँ तपाईं नै राख्नु होस भन्दै
उहाँको इच्छाशक्ति लाई सुम्पिए,
जुन इच्छाशक्ति ले यो उमेर सम्म काम गरि रहनु भएको छ,
जुन लगनशीलता र इच्छाशक्तिले नै उहाँले रोग जित्दै आउनु भएको छ !
खासै त्यो बाटो धेरै हिडि रहिदैन,
कुनै दिन या कुनै बर्ष बाटो पर्यो भने त्यहाँ उहाँ लाई देख्न पाउ,
त्यो ठाउँ रित्तो नभै दियोस,
Comments
Post a Comment